दुई कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुन कम्पनीको कति ?

डिसी नेपाल
११ जेठ २०७९ ९:४२
188
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको सेयर सूचिकृत भएको छ। नेप्सेमा सेन्ट्रल फाइनान्स र सम्वृद्धि फाइनान्स कम्पनीको सेयर सूचिकृत भएको हो।

सेन्ट्रल फाइनान्सको ६ लाख ७८ हजार ३३९.४९५९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

सम्वृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीको  १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.