टी ट्वान्टी लिग खेल्ने टोलीको घोषणा

डिसी नेपाल
११ जेठ २०७९ १२:५४
140
Shares

काठमाडौँ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ। आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने ६ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए। उनको अनुसार टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन्।

बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पु¥याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ।

त्यस्तै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ । बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ।

राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको रु छ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको रु पाँच हजारका दरले बढाएको छ।

यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक रु तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक रु पाँच हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक रु ६ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *