‘कमेडी हब’को आज प्रसारण नहुने

डिसी नेपाल
११ जेठ २०७९ १३:०३
136
Shares

काठमाडौं । जेठ ११ गते बुधबार अर्थात आजदेखि प्रसारण हुने भनिएको हास्य टेलिभिजन शो कमेडी हब आजदेखि प्रसारण नहुने भएको छ । यो शो अर्को सातादेखि मात्रै प्रसारणमा आउने भएको छ । शोका निर्देशक केदार घिमिरे माग्ने बुढाले यसबारे जानकारी दिएका हुन् ।

घिमिरेले बुधबार फेसबुकमा लेखेका छन्, ‘आजदेखि प्रसारण हुने भनिएको ‘कमेडी हब’ १८ गते मात्र प्रसारण हुने जानकारी गराउनु पर्दा दुःख लागेको छ । १८ गते राति ८ बजे एपी वान टीभी ।’

निर्देशक घिमिरेका अनुसार प्राविधिक तयारी नपुगेकाले शोको प्रसारण पूर्वनिर्धारित मितिबाट पछि सार्नुपरेको हो । डेढ दर्जन हास्य कलाकारहरूलाई लिएर मिडिया हबले कार्यक्रम प्रसारणमा ल्याउन लागेको हो ।

हास्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको कमेडी शो आउँदो बुधवारदेखि राति ८ बजे प्रसारण हुनेछ । शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, कमेडी च्याम्पियन हिमेश पन्तसहित डेढ दर्जन हास्य कलाकारहरूको प्रस्तुति रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.