दुई कम्पनीले पाए आइपिओ जारी गर्ने अनुमति
काठमाडौं। नेपाल धितो पत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निस्काशन गर्न अनुमति प्रदान गरेको छ। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र आदर्श लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित स्थानीयबासी र सर्वसाधारणलाई जारी गर्ने भएको छ। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाले पनि ६७ हजार कित्ता आइपीओ जारी गर्न अनुमति प्राप्त गरेको हो। कम्पनीले सय रुपैयाँ अंकित मुल्यमा ६७ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ। यसमा बिक्री प्रबन्धकको काम बीओके क्याटिलले गर्नेछ ।







डिसी नेपाल








Facebook Comment