सेयर बजारमा हरियाली, १४.३७ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
११ जेठ २०७९ १५:२९
64
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार सेयर बजार १४.३७ अंकले बढेर २ हजार २३१.५७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ८ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय २९ रुपैयाँ ९० पैसा कायम भएको छ। त्यसपछि क्रमश : अरुण काबेली हाइड्रोपावर र नबिल बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आजको कारोबारमा बलेफी हाइड्रोपावर र मैलुङ्ग खोला जलबिद्युतका लगानीकर्ताले कमाएका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.