बालेनको भोट ५६ हजार माथि, १४ हजार गन्न बाँकी छँदा २१ हजारको लिड

डिसी नेपाल
११ जेठ २०७९ १७:३६
924
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५७ हजारभन्दा धेरै भएको छ । १ लाख ७६ हजार ९२१ मत गणना हुँदा बालेनले ५७ हजार १५५ मत पाएका छन् ।

उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३६ हजार १६३ मत ल्याएकी छिन् । एमालेका केशव स्थापितले ३५ हजार ६०४ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ८५६ मत ल्याएका छन् । अब १४ हजार २०८ मत गन्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.