पूर्व जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक निर्वाचित, पुनः फर्कने संभावना न्युन
बारा । बारा जिल्लाका समन्वय समितिका पूर्व संयोजक र सहसंयोजक दुवै जना वडा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीका अनुसार संयोजक नवलकिशोर सिंह लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र सहसंयोजक पवन कुमार ब्याहुत जनता समाजवादी पार्टी (जसपा) बाट वडा सदस्य पदमा निर्वाचित भएका हुन् ।
समन्वय समितिका सिंह देवताल गाँउपालिको वडा नम्बर ४ र ब्याहुत कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट निर्वाचित भएका हुन् । दुबैजनाले पुनः जिल्ला समन्वय समितिमा जाने मनसायले पालिकाको वडामा चुनाव लडेका बुझिएको छ ।
जिल्लामा १६ वटा स्थानिय तह भएको समन्वय समिति बाराको निर्वाचनमा पालिकाका प्रमुख उपप्रमुख ३२ जना मतदानमा भाग लिन पाउने छन् । यसपटक निर्वाचनको नतिजामा समिकरण फेरिएकाले सिंह र ब्याहुतले जिल्ला समन्वय समितिको जिम्मेवारी पाउन मुस्कील देखिन्छ । यस पटक जिल्लाका पालिकाहरुमा एमालेको उपस्थीती बलियो बनेको हुँदा उनीहको संभावना कमजोर देखिएको नेकपा एमाले बाराका मनोज पौडेलले बताए ।
उनका अनुसार अघिल्लो निर्वाचनमा जितपुरसिमरा र कोल्हवीमा खुम्चीएको एमालेले यसपटक बाराका ५ पालिका कलैया, निजगढ, परवानीपुर, प्रसौनी र पचरौतामा प्रमुख, उपप्रमुख र जितपुरसिमरा उपमहानगपालिकामा उपप्रमुख गरी ५ जना प्रमुख र ६ उपप्रमुख गरि ११ सिट जितेर एमाले यो पटक बाराको ठुलो दलको रुपमा रहदाँ पूर्व जिसस प्रमुखहरु निर्वाचित भएतापनि पूनः फर्कने संभावना भने न्यून रहेको उनको भनाइ छ ।
यता नेपाली काँग्रेसले कोल्हवी, सुवर्ण, महागढीमाई र आदर्श कोत्वाल गरी चार पालिकामा जित हासिल गरेको छ । भने मधेशवादी दलहरु (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी) को उपस्थीति कमजोर रहेको अवस्थामा सिंह र ब्याहुत पुनः समन्वय समितिमा फर्कने संभावना न्युन रहेको एमाले बाराका पूर्व प्रचार विभाग प्रमुख समेत रहेका नेता पौडेलले बताए ।







डिसी नेपाल







Facebook Comment