१० अर्व रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

डिसी नेपाल
१२ जेठ २०७९ ९:२०
40
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्व रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बिहिबार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८१ च ’ विक्री गर्न लागेको हो।

ऋणपत्रको व्याजदर पनि बोलकबोलमार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। उक्त ऋणपत्रमा बिहिबार अपराह्न ३ बजे बोलकबोल हुने भएको छ। राष्ट्र बैंकले जारी गर्ने यो ऋणपत्र २०८१ जेष्ठ १२ गते परिपक्क हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ।

उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ।

विवरणअनुसार प्रतिस्पर्धीलाई ८.५० अर्ब र अप्रतिस्पर्धीलाई रु १.५० अर्ब छुट्याइएको छ। घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.