स्वेत गंगा हाइड्रोपावरले पायो आइपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
१२ जेठ २०७९ १०:१३
44
Shares

काठमाडौं। स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडले ३९ लाख ८२ हजार ५०० कित्ता आइपिओ जारी गर्न अनुमति पाएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्नको लागि अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसधारणका लागि आइपिओ जारी गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ। यस आइपिओमा निष्काशन तथा बिक्री प्रवन्धककोसानिमा क्यापिटल लिमिटेड रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.