८.०३ अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोडमा खुम्चियो
काठमाडौं। साताको कारोबारको चौथौ दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार सेयर बजार ८.०३ अंकले बढेर २ हजार २३९.६० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर खरिद बिक्री हुँदा ८८ करोड ९८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यसपछि क्रमश : अरुण काबेली हाइड्रोपावर र नबिल बैंकको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ८ वटा उपसूचक बढेको छ भने ५ वटा उपसूचक घटेको छ। आजको कारोबारमा मेगा बैंक र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था र संगति हाइड्रो इनर्जीका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment