रानीवनलाई हराउँदै आरसी ३२ दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
१२ जेठ २०७९ १८:३२
36
Shares

काठमाडौं । रानीवन स्पोर्ट्स एकेडेमीलाई २-१ अन्तरले हराउँदै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार एन्फा कप्लेक्स सातदोबाटोमा आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे । रानीबनका किशन कठायतले सान्त्वाना गोल गरे ।

जितसँगै आरसी ३२ एघार खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रानीवनले ११ खेलमा ११ अंक जोडेर १०औं स्थानमा छ ।

पहिलो पटक सी डिभिजन लिग खेलिरहेको आरसी ३२ दोस्रो डिभिजन लिग उक्लने संघारमा छ । समान २५ अंक भएको झापा एक खेल कम खेल्दै शीर्षस्थानमा छ ।

जारी लिगको तीन चरणको खेल बाँकी छ । शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टिमको तेस्रो डिभिजन लिग हैसियत गुमाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *