बास्केटबलः टिम रेड र मनास्लु च्याम्पियन

डिसी नेपाल
१२ जेठ २०७९ १९:०८
24
Shares

काठमाडौं । टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गर्ल्समा पहिलो भएका हुन् ।

ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित गर्‍यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गर्ल्सको उपाधि भिडन्तमा मनास्लुले नयाँ बजारस्थित घरेलु कोर्टमा आईएसलाई १६–१० ले हरायो । विजेताकी विनामणि योञ्जनले ७ स्कोर गरिन् । ब्वाइजरगर्ल्समा पहिलो हुनेले १० हजार र दोस्रोले ७ हजार नगद पुरस्कार हात पारे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोबन र विनामणि ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी, मनास्लुकी प्रिन्सिपल सुनिता शाक्य, मनास्लुका अतिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारी, रामेछाप जिल्ला बास्केटबल क्लबका अध्यक्ष सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई दिने प्रतियोगिताको ब्वाइजमा ३५ र गल्र्समा ५ टिम सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *