काठमाडौंको मेयरमा बालेन साह निर्वाचित, सुनिता डंगाेल उपमेयर
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन्। वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेसहितका उम्मेदवारलाई पराजित गर्दै बालेन निर्वाचित भएका हुन्।
साहले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा निर्वाचित भएका हुन्। साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाए।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन्। उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए।
स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा सिंह कांग्रेस नेतृ हुन्।







डिसी नेपाल







Facebook Comment