हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१३ जेठ २०७९ ८:४४
312
Shares

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८३ पैसा र बिक्री दर १२४ रुपैयाँ ४३ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७५ पैसा र बिक्री दर १२४ रुपैयाँ ३५ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ १५ पैसा र बिक्री दर १५६ पैयाँ ९१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ५३ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८० पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४० पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ र बिक्री दर ३३ रुपैयाँ १७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.