सुनको मूल्य बढ्यो, प्रति तोला कति पुग्यो ?
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment