गोरू काट्दै गरेको अवस्थामा नौ जना पक्राउ
फाईल तस्बिर
म्याग्दी। मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment