दुई कम्पनीले मागे हकप्रद सेयर निष्काशन गर्ने अनुमति

डिसी नेपाल
१३ जेठ २०७९ १४:३९
84
Shares

काठमाडौं। दुई कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। वरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावरले हकप्रद सेयर निष्सकानका लागि बोर्डसँग अनुमति माग गरेको हो।

वरुण हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग गरेको छ। कम्पनीले १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो। यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ गर्नेछ।

यता, ङादी ग्रुप पावरले पनि १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको छ। कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.