हारको कुण्ठा कांग्रेसलाई नपोख्न ओलीलाई मिनेन्द्रको आग्रह

डिसी नेपाल
१३ जेठ २०७९ १५:२९
248
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न आग्रह गरेका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गरेका हुन्।

आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताए।

कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले आगामी निर्वाचनको तयारी गर्न ओलीसहित एमालेलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.