व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस्ः उपसभापति खड्का

डिसी नेपाल
१३ जेठ २०७९ १८:०५
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । कांग्रेस चितवनले शुक्रबार यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।

उनले भने, “२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुबिधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।” स्थानीय जनप्रतिनिकिा आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उहाँले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।

देशमा दिगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उहाँले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताउनुभयो । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए । उनले भने, “निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेससले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।” पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताए । उनले थपे, “यही गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन गरेर दुई तिहाइ बहुमत ल्याउनुपर्छ ।” गठबन्धनबाट निर्वाचन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने उनले बताए । स्थानीय तहको निर्वाचनमा देखिएको कम्जोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनु पर्ने बताए ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । उनले भने, “निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्नुपर्ने हुन्छ ।” गठबन्धनको निर्णयलाई असर गर्ने अभिव्यक्ति नदिन कांग्रेस नेता कार्यकर्तालाई उनले आग्रह गरे। केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ्ले जनप्रतिनिधि आफू खुशी चल्ने परिपार्टीले पार्टीलाई क्षति पुग्ने बताए । सो अवसरमा कांग्रेसस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, महासमिति सदस्य गीता देवकोटा, जनप्रतिनिधि भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा लगायतले नवनिर्वाचित प्रतिनिधि महानगरको विकासमा लाग्नुपर्ने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.