अस्ट्रेलियाका उपप्रधानमन्त्रीद्वारा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा

डिसी नेपाल
१४ जेठ २०७९ ९:०८
612
Shares

अष्ट्रेलिया। अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल जादुमय देश भन्दै बुद्धको जन्मभूमि र विश्वकाे सर्बोच्च शिखर सगरमाथाको देशको रुपमा प्रसंशा गरेका छन्। नेपालकाे राजधानी काठमाडाैं बहुपक्षीय सम्पदाले धनी भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको मुक्त कण्ठले प्रसंशा नगरी रहन नसक्ने बताएका हुन्।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्षका बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले  हरेक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यसमा अस्ट्रेलियाको तर्फबाट उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले उक्त कुरा बताएका हुन्।

छलफलका क्रममा नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचर्डले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धको लागि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए।

आफूले २०१२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेता रिचर्डले जनसंख्याको दृष्‍टिकोणले अस्ट्रेलियाकै हाराहारीमा रहेको नेपालसंगको सम्बन्धलाई अन्य दक्षिण एशियाली मुलुकहरुसँगको सम्बन्धलाई जस्तै महत्व दिएको बताए।

नेता रिचर्डले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको नेपालको पुनर्निर्माण कार्यमा अस्ट्रेलिया निवासी नेपालीहरु र अस्ट्रेलियन सरकारको योगदान द्विपक्षीय सम्बन्धको राम्रो उदाहरण भएको बताउदै नेपालप्रति शुभेच्छा ब्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.