२३ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक

डिसी नेपाल
१५ जेठ २०७९ ९:०२
68
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै २८ दिन, ९१ दिन,१८२ दिन र १ वर्षको गरी ४ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनको लागि २ अर्ब  ट्रजरी बिल जारी जारी गर्न लागेको हो । यो बिल आगामी असार १४ गते परिपक्व हुनेछ । बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड ट्रजरी बिल जारी जारी गर्न लागेको हो । यो बिल आगामी भाद्र १४ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनको लागि ६ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस बिल भने आगामी मंसिर १३ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि १२ अर्ब बराबरको ट्रेजरी लिब जारी हुने भएको छ । यस ट्रेजरी बिल २०८० जेठ १६ गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.