हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment