बालेनले जितेपछि ५ वर्षसम्म हरेक महिना १० वृद्धवृद्धालाई लौरो वितरण गर्दै पाल्पाली युवा

डिसी नेपाल
१५ जेठ २०७९ १०:१९
1.7k
Shares

काठमाडौं। काठमाडौंको मेयरमा स्वतन्त्र युवा बालेन्द्र शाह (बालेन)ले जितेपछि पाल्पाका एक युवाले बालेनको कार्यकालभरी प्रत्येक महिना १० जनाका दरले वृद्धवृद्धालाई लौरो वितरण गर्ने भएका छन् । उनले यो घोषणा मतपरिणाम सार्वजनिक नहुँदै गरेका थिए ।

पाल्पाको तानसेनका व्यवसायी जीवन पाण्डेले तानसेन नगरपालिका वडा नम्बर ६ का वृद्धवृद्धालाई यसरी लौरो वितरण गर्ने भएका हुन् । उनले एक हप्ताअघि गएको आइतबार नै बालेनले जितेमा वृद्धवृद्धालाई लौरो वितरण गर्ने घोषणा गरेका थिए । बालेनले जितेपछि उनले वितरण गर्नका लागि लौरोहरु ल्याइसकेका छन् ।

पाण्डेले लौरो वितरण कार्य आउँदो असार १ गतेदेखि सुरु गर्नेछन् । त्यसपछि हरेक महिना १० जनाका दरले वृद्धवृद्धाहरुले लौरो पाउनेछन् । पाण्डेले आफ्नो लौरो वितरण अभियान आगामी २०८४ सालसम्म जारी रहने घोषणा गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.