लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

डिसी नेपाल
१५ जेठ २०७९ ११:१०
36
Shares

लमजुङ। घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ।

वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ। गत आार्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो। आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन्। वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन्। त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ।

आव २०७६/०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जनाएको छ। आव ०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए। त्यस्तै, ८७ घरेलु उद्योग नवीरण भएको थियो। सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.