बेपत्ता भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त भएको स्थानीयको भनाइ

डिसी नेपाल
१५ जेठ २०७९ ११:२८
15.7k
Shares

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको म्याग्दीका डिएसपी तिलक भारतीले बताएका छन् ।

भारतीले स्थानीयले ठूलो आवाज सुनेको जानकारी गराएको तर त्यहाँ टोली पुग्न बाँकी नै रहेकोले यसको पुष्टि गर्न भने अहिल्यै नसकिने बताए । यस बारेमा थप जानकारी आउन बाँकी रहेको छ। तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.