केरा खेतीमा बिचाैलियाकाे मनलाग्दी मूल्य, केरा बेच्न किसानहरू आफै सडकमा उत्रिए

डिसी नेपाल
१५ जेठ २०७९ १३:२४
96
Shares

बारा। कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन्। बिचैलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन्। कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन्।

केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन्। बारीमा कहिनुभन्दा उनीहरू आफै आफै सडकमा पुगेर बेच्न थालेका छन् । गत चैतदेखिनै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजार पाउन नसकेको हाे। लागत मात्रै उठे पनि राहत मिल्ने भन्दा किसानहरू आफै सडक बेच्न बसेकाे किसान जितबहादुर लोप्चनले बताए।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आसमा लगानी गरेका किसान अहिले निरास बनेका छन्। केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आईपुग्न लागेको निजगढ नगरपालिकाका किसानका खेतमा अहिले उब्जनी कम हुन थालेकाे छ।

बिचाैलियाले दुई रुपैयाँप्रति कोसा केराकाे मूल्य दिने गरेका कारण घटामा रहेका किसानले आफैले बेच्दा राम्रै आम्दानी गरेकाे विनय राईले बताए।

उखु खेती गर्दै आएका यहाँका किसानले चिनी मिलहरूले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेसानै परिवर्तन गरी केरा खेती थालेका थिए। निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायीक केरा खेती गर्दै आएका छन्।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन्। प्रतिबिघाह दुईदेखि तीन लाखसम्म मुनाफा लिँदै आएका किसानले केराको मूल्य नपाएपछि चिन्तित बनेका हुन्।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन्। केरा व्यापारीहरूले खेत बारीमै आएर किन्ने र हातहातै नगद पाईने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.