मन्त्री कार्कीको वडामा कांग्रेस ‘क्लिनस्वीप’
काठमाडौं।प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्कीको वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्। मन्त्री कार्कीले मतदान गरेको त्रियुगा नगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवार प्यानल सहित विजयी भएपछि कांग्रेस क्लिनस्वीप भएको हो।
एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अमरबहादुर दनुवारको प्यानल नै विजय भएको हो। दनुवारले १ हजार १०७ मत प्राप्त गर्दा कांग्रेसका गम्भिरबहादुर पांगलटारेलाई ८६८ मत प्राप्त गरे।यसअघि यो वडामा कांग्रेसका भिमबहादुर पुलामी मगर निर्वाचित भएका थिए।
मेयरमा भने कांग्रेसका बसन्त बस्नेतले फराकिलाे मतान्तरले अग्रता लिएका छन्।हाल बस्नेतले ११६५८ मत प्राप्त गरेका छन्।बस्नेतलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार भागवत राउतले ९७२४ मत प्राप्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment