बजेटमा गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु आएनः बाबुराम भट्टराई

डिसी नेपाल
१५ जेठ २०७९ २०:१९
48
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको बताएका छन् ।

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् ।

एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको उनले बताए । ६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे ।

‘म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,’ भट्टराईले भने ।

सरकारले ७० वर्षे उमेरहदलाई घटाएर ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.