चुनावमा भोट बढाउँने उदेश्यले बजेट आयोः पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट अनुशासनको सीमामा रहेर नआएको बताएका छन् ।
संसद भवनबाहिर सञ्चारकमीहरूसँग कुरा गर्दैै उनले बजेट चुनाव केन्द्रित र भोट बढाउँने उद्देश्यले आएको आरोप लगाएका हुन् ।
‘चुनावमा भोट बढ्छ भन्ने मात्रै हिसाब गरेको छ,’ उनले भने, ‘जम्मै कुरा भनिदिएपछि भोट बढ्छ भन्ने मनसाय राखेको छ । त्यसकारण यसले आफूलाई अनुशासनको सीमामा पनि राखेको छैन ।’ लेख्न सकिने जति सबै कुरा बजेटमा राखेको टिप्पणी गर्दै पाण्डेले कार्यान्वयनमा भने ध्यान नदिएको बताए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment