हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ २२ पैसा र बिक्री दर १५६ पैयाँ ९८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ९८ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ०९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७७ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ र बिक्री दर ३३ रुपैयाँ १७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment