वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ : तारा एयर

डिसी नेपाल
१६ जेठ २०७९ १२:०९
500
Shares

काठमाडौँ। तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएका छन्। उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएका हुन्।

उक्त वायुयान अन्तिम पटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो। उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.