‘फोनपे’को प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा

डिसी नेपाल
१७ जेठ २०७९ १३:५६
200
Shares

काठमाडौं। नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नाेलोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन्। थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो ।वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् ।

कम्प्युटर एप्लिकेसनमा स्नाकोत्तर गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि रहेको छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.