पारा एथलेटिक्सः निशान र चन्द्रमालाई स्वर्ण पदक

डिसी नेपाल
१७ जेठ २०७९ १५:४५
32
Shares

काठमाडौं।निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए ।

चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पारिन् । सिर्जना सेन्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो बने ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला दुई सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कांस्य जिते । सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।

पुरुष चार सय मिटर दौडमा पनि अजयले स्वर्ण जिते । उर्गेन दोस्रो तथा अनिश खड्का तेस्रो बने । उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुमिन् । विनिता थापा दोश्रो तथा सविता देउला तेस्रो भए ।

ह्विलचेयरको पुरुष एक सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भए । सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो भए ।

ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोस्रो तथा गिरीराज थापा तेस्रो भए । त्यस्तै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो भए ।

आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोस्रो र विपीन वस्ती तेस्रो बने । सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो भए ।

पूर्ण दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्रो तथा सौगात वगाले तेस्रो भए । उक्त स्पर्धाको महिलामा सुनिता नेपालीले स्वर्ण, संगीता घलेले रजत र रोजनी थापा मगरले कांस्य जिते ।

विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

हरेक स्पर्धाका विजेतालाई एक हजार, दोस्रोलाई सात सय र तेस्रोलाई पाँच सय नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *