बालेनको एमाले अध्यक्ष ओलीसँग भेट

डिसी नेपाल
१७ जेठ २०७९ १८:०६
4.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ। हाल मात्रै सार्वजनिक गरिएको तस्विर बालेनले चुनावी परिणाम आउँदै गर्दा बालकोट पुगेर भेटघाट गरेको बताइएको छ।

देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसकेका छन्।

बालेनले काठमाडौं महानगरको मेयरको पदभार ग्रहण गरेसँगै जंङ्गीअड्डा पुगेर प्रधानसेनापतिसँग भेटघाट गरिसकेका छन्। यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.