एनआइसी एसिया लघुवित्तको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
१८ जेठ २०७९ ११:३२
60
Shares

काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ५० हजार कित्ता संस्थापक सेयर आज (जेठ १८ गते) देखि लिलामीमा ल्याएको छ। प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनआइसी एसिया लघुवित्तको संस्थापक सेयर लिलामीमा ल्याएको हो।

कम्पनीको उक्त सेयरमा लगानीकर्ताले न्युनतम ४२५ रुपैयाँ मूल्य राखेर जेठ २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। यसमा लगानीकर्ताले न्यूनतम २५ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।  लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.