लमजुङमा जिसस निर्वाचनको तयारी, एमालेकाे स्पष्ट बहुमत
लमजुङ। जिल्ला समन्वय समिति लमजुङको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन्। २०७४ मा तत्कालीन एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड नै चयन गरेको थियो।
स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित वडा सदस्यमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ। ती उम्मेदवारलाई गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन्।
कुल आठवटा स्थानीय तह रहेको लमजुङमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता छन्। यसपटक समन्वय समिति निर्वाचनमा एमालेको नाै, कांग्रेसको पाँच र माओवादी केन्द्रका दुईजनाले मतदान गर्दैछन्।
कांग्रेसले मध्यनेपाल, सुन्दरबजार, राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाको प्रमुख जितेको छ भने दोर्दी गाउँपालिकाको उपाध्यक्ष जितेको छ।
एमालेले बेसीसहर नगरपालिका, दोर्दी, मर्स्याङ्दी र क्व्होलासोंथर गाउँपालिका प्रमुख र मध्यनेपाल, सुन्दरबजार, बेसीसहर , क्व्होलासोंथर र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख जितेर नाै मत पक्का गरेको छ।
माओवादी केन्द्रले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख जितेको छ। जिल्लाका अधिकांश स्थानीय तहको कार्यपालिका बोर्ड सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ।
कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरूको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित भएको छ। समन्वय समितिको नेतृत्व गर्न दलहरूबीच आन्तरिक तयारी भएको हो । लमजुङमा जिल्ला समन्वय समितीमा भने एमालेको स्पष्ट बहुमत छ।







डिसी नेपाल








Facebook Comment