माओवादीमा पहिचानकाे सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौं : प्रचण्ड

डिसी नेपाल
१८ जेठ २०७९ १४:४२
64
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन्। उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे।

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागको पनि आफूले बुझेको प्रचण्ड बताउँछन्। तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए।

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं। समाजवादी क्रान्तिको तयारीको गर्छौं। उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं। तर, हिजो हामी जनयुद्धमा थियौं। क्रान्तिकारी जनआन्दोनलमा थियौं। त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं। हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्र्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन्। तर, त्यस्तो रहेन।’

उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता विरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.