७.२१ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार सेयर बजार ७.२१ अंकले घटेर २ हजार १३०.७१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकअग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ७ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र शिखर इन्स्योरेन्सको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ वटा उपसुचक बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारमा मैलुंग खोला जलबिद्युत र बलेफी हाइड्रो पावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment