काठमाडौंका मेयर बालेनको प्रधानमन्त्री देउवासँग भेट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज बालुवाटार पुगेर शाहले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन्। ‘तपाईँले चमत्कार गर्नुभयो। ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने।
देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको बालेन निकट स्रोतले बतायो।
यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment