स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग

डिसी नेपाल
१९ जेठ २०७९ १०:००
80
Shares

काठमाडौँ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० लाख ३६ हजार  रुपैयाँ (युएस डरल २५,०००)सहयोग प्रदान गरिएको छ। किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सु-सज्जित गर्ने लक्ष्य राखेको छ।

परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयनपक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ। यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” संग मिल्दो जुल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख सुश्री प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो। रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने, “विभिन्न सीपहरु सिकाउने र समाजमाआवश्यकप्रगतिएवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्यलिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.