आँखुखोला जलविद्युतले डाक्यो एकैपटक दुई आर्थिक वर्षको साधारण सभा

डिसी नेपाल
१९ जेठ २०७९ ११:३८
56
Shares

काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असार १२ गते गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ को  साधारण सभा काठमाण्डौंको नयाँबानेश्वर, थापागाउँ स्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेका लागि आह्वान गरेको हो ।

सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुनेछ । यसैगरी, सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/७९ मा लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभाका लागि कम्पनीले जेठ २७ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार जेठ २६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.