१८.२६ अंकले घट्यो सेयर बजार, म्युचुअल फण्डबाहेक सबै समूह राताम्मे
काठमाडौं। साताको कारोबारको चौथौ दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार सेयर बजार १८.२६ अंकले घटेर २ हजार ११२.४७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्व १६ करोड १५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा माउन्टेन हाइड्रो नेपाल अग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय २० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र नबिल बैंकको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये म्युचुअल फण्ड उपसुचकबाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा बलेफी हाइड्रो पावर र माउन्टेन हाइड्रोका लगानीकर्ताले कमाएका छन्। यस्तै, प्रभु लाइफ इन्स्योरेन्स र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment