बिन्ध्यबासिनी हाइड्रोपावरको १५ लाख कित्ता आइपिओ बिक्री खुल्ला, कहाँ जाने भर्न ?
काठमाडौँ। बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ लाख कित्ता आइपिओ आज (जेठ २० गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुल्ला गरेको हो।
कम्पनीले जारी गर्ने आइपिओ मध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुताइएक छ भने बाँकी १३ लाख ६५ हजार कित्ता सेयर सर्बसाधारणको लागि जारी गर्न लागेको हो।
यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले जेठ २५ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार ३ गतेसम्म आवेदन दिन पाइने छ।
लगानीकर्ताले यस आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment