फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुँदै

डिसी नेपाल
२० जेठ २०७९ १०:१५
56
Shares

मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ। ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा होटल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो।

कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ।

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ।

यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.