नौ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२० जेठ २०७९ १०:४७
260
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९८  हजार ५ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले बढेर प्रति तोला ९८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.