लुम्बिनी विकास बैंकको २८ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२० जेठ २०७९ ११:०१
96
Shares

काठमाडौं। लुम्बिनी विकास बैंकले २८ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। बैंकको संस्थापक सेयरधनी निरेन्द्र मोहन अधिकारीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय, डिल्लीबजार, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.