राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस

डिसी नेपाल
२० जेठ २०७९ १६:२९
56
Shares

काठमाडौं।संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेस गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका हुन् ।

आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ पेस गरेका थिए ।यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.