गठबन्धन टिम निर्बिरोध
फिदिम। पाँचथरको जिल्ला समन्वय समिति गठन भएको छ। नेपाली कांग्रेस सभापतिसहित ४, माओवादी केन्द्र उपसभापतिसहित ४ र नेकपा एस का एक सदस्य निर्वाचित भएका हुन्।
सभापतिमा रामराज आङदेम्बे निर्वाचित भए। रामराज कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेका सहोदर भाइ हुन्। उपसभापतिमा यामकुमार आङबो निर्वाचित भए। उनी माओवादी केन्द्रका नेता हुन्। उनी प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोका सहोदर दाजु हुन्।
सदस्यमा कांग्रेसबाट डिलेन्द्रकुमार शेर्मा लिम्बू, टेकराज योङहाङ र हिमवती जवेगू निर्वाचित भए। माओवादी केन्द्रबाट रिना गुरुङ, मणीकुमार थाम्सुहाङ र अमृत राई निर्वाचित भएका छन्। नेकपा एसबाट लेन्जु थाम्सुहाङ निर्वाचित भए।
९ सदस्यीय समन्वय समितिमा जिल्लाको कूल मतभार १६ रहेको छ । ८ पालिका रहेको जिल्लामा प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । कांग्रेसका ७, माओवादी केन्द्रका ६ र एमालेको ३ मत रहेकोमा एमालेले उमेद्वारी दर्ता नै गरेन ।







डिसी नेपाल








Facebook Comment