हेर्नुहोस् आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्री दर १५६ पैयाँ ५४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ०१ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०३ र बिक्री दर ३३ रुपैयाँ १९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment