आइतबार ६ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९७ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment